बिन्दु थापा
बुटवल, । बुटवल देवीनगरकी आरती कार्कीलार्ई दुई हप्तादेखि रुघा खोकीले समात्यो । उनले घरेलु औषधि पनि गरिन् । तातो पानी ज्वानो पानी र घरेलु उपचारमा करिब एक हप्ता बिताइन् । तर, उनलाई निको भएन । उनी लुम्बिनी अञ्चल अस्पतालमा गइन् । अस्पतालमा गएपछि भने कम हुँदै गएको छ । उनी मात्र होइन, बुटवल नयाँगाउँकी सपना थापा पनि ज्वरो र झाडापखला लागेपछि अस्पताल पुगिन् । उनलाई पनि अस्पताल गएपछि मात्र केही कम भएको छ । आरती र सपना जस्ता बिरामीहरुको रूपन्देहीका विभिन्न अस्पताल तथा निजी क्लिनकमा बढ्न थालेको छ ।
गर्मी बढेसँगै मानिसमा विभिन्न खालका रोगहरु देखा पर्न थालेका छन् । निजी तथा सरकारी अस्पतालहरुमा बिरामीको ओइरो लागेको देख्न सकिन्छ । झाडापखाला, ज्वरो टाइफाइड, का बिरामिहरु दिनहुँ आउने गरेको हेमा फामेर्सी गोलपार्कर्की सञ्चालक तथा दानु श्रेष्ठले बताइन् । श्रेष्ठ भन्छिन्– “यो सिजनमा अन्य रोगहरुसँगै झाडापखालाका बिरामीहरु अलि धेरै हुने गर्छन् । गर्मीमा शरीरको तापक्रमलाई सन्तुलन राख्नका लागि पानी प्रशस्त मात्रामा पिउनुपर्छ । तर पानी दूषित भयो भने त्यसले झाडापखाला र आउँ जस्ता रोगहरु लाग्न सक्छ ।”
अहिले सरकारी तथा निजी अस्पतालमा झाडापखाला, पेट दुख्ने, वाकवाकी लाग्ने, झाडा र बान्ता एकै पटक हुने ज्वरो आउने जस्ता समस्या भएका बिरामीहरुको चाप बढेको छ । लुम्बिनी अञ्चल अस्पताल बुटवलमा गार्मी बढेसंँगै दैनिक एघार सय बिरामीहरु आउने गरेको मेडिकल रेकर्डर लक्ष्मीराज रेग्मीले बताए । रेग्मीका अनुसार गर्मीको प्रभाव खासै नदेखिएपनि विस्तारै बिरामीको चापमा वृद्धि हँुदै गएको छ । जाडोको समयमा र अहिले समस्या फरक भएका बिरामीहरु आउने गरेका छन् ।
झाडापखाला विषाणु, जीवाणु र परजीवीका कारणबाट लाग्ने हँुदा यसबाट बच्नको लागि खानपानमा विशेष ध्यान दिनुपर्ने चिकित्सकहरु सुझाव छ । झाडापखाला सरुवा रोग पनि भएकाले बिरामीले प्रयोग गरेका सामानहरुलाई राम्रोसँग धोएर पखालेर सुकाएर मात्र प्रयोग गर्नुपर्ने चिकित्सकहरु बताउँछन् ।
अस्पतालमा बिरामीको चाप
