संयुक्त आयोजनामा बृक्षरोपण कार्यक्रम सम्पन्न

मेचीकाली संवाददाता

१८ भाद्र २०७९, शनिबार
337 shares

बुटवल । रोटरी क्लव अफ बुटवल चौतारी, रोट्याक्ट क्लव अफ बुटवल चौतारी र भैरहवा चौतारीको संयुक्त आयोजनामा बृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ ।

बुटवलको आम्दा अस्पताल परिसरमा आयोजना गरिएको बृक्षरोपण कार्यक्रमको आम्दा अस्पतालका मेडिकल सुपरिटेण्डेन धुब्र श्रेष्ठले उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै उनले बातावरण संरक्षण र हरियाली प्रबद्र्धनका लागि रोटरी, रोट्याक्ट क्लवहरुले गरेको योगदानको प्रसंसा गरे ।

बृक्षारोपण कार्यक्रममा बोल्दै रोटरी क्लव अफ बुटवल चौतारीका अध्यक्ष सन्तोष के।सीले बातावरणलाई स्वच्छ र हराबरा बनाउन बृक्षरोपण कार्यक्रम गरिएको बताए । उनले क्लवले बृक्षारोपण गर्ने मात्र नभई त्यसलाई हुर्काउने र हराबरा बनाउने दायित्व क्लवको रहेको भन्दै बृक्षरोपण स्थललाई निगरानी राखिने बताए ।

अस्पताल परिसरमा आंप, लिची, तेजपत्ता, निमका विरुवाहरु बृक्षारोपण गरिएको छ । कार्यक्रममा क्लवका पुर्व अध्यक्ष तथा यश कार्यक्रम का संयोजक थानेश्वर पाण्डेको स्वागत, विदुर ज्ञवालीको धन्यवाद तथा सचिव सुदिप थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।