कपिलवस्तु अस्पताललाई सय बेडको बनाउनुपर्ने माग

मेचीकाली संवाददाता

१८ भाद्र २०७९, शनिबार
233 shares

कपिलवस्तु । बार्षिक ५३ हजार बढी बिरामीलाई सेवा दिदै आएको कपिलवस्तु अस्पताललाई सय बेडको बनाउनु पर्ने माग गरिएको छ । अस्पतालद्धारा पत्रकार महासंघ कपिलवस्तुको सहजीकरणमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा अस्पतालका मेसु डाक्टर किशोर बन्जाडोले सो माग गरेका हुन । २ बर्ष अघि सरकारले कपिलवस्तुलाई ५० बेडको बनाएको थियो । अस्पतालमा सिटीस्केन र डार्ईग्नोपसिस सेवा, बिस्तार गर्नु पर्ने उनले बताए ।

बिरामीहरुको चाप हुने कपिलवस्तु अस्पताललाई सय बेडको बनाई सेवा सुबिधा बिस्तारमा सबैले साथ दिनु पर्ने बताए । उनले सार्वजनिक सुनुवाईमा आएका बिभिन्न गुनासाहरु सम्बोधन गरिने बताउँदै अस्पतालमा १० बेडको आईसियु सहीत उपचारको सेवा रहेको बताए । १ सय ४० कर्मचारी रहेको अस्पतालको सेवालाई प्रभावकारी बनाउन आफुले सक्दो कोसिस गरेको बताए ।

कार्यक्रममा कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले अस्पतालको विकासमा आफनो सदा साथ रहेने प्रतिबद्धता ब्यक्त गरे । नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको र नगर क्षेत्र भित्र रहेकोलाई स्वास्थ्य बिमामा आधा रकम नगरपालिकाले ब्यहोर्ने गरी निर्णय गरिएको बताए । उनले अस्पतालको विकास र स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउन आफुले सक्दो कोसिस गर्ने बताए ।

यसैगरी नागरिक अगुवा राजु प्रसाद अर्यालले अस्पतालले पहिलो पटक सार्वजनिक सुनुवाई गरेकोमा धन्याबाद दिदै सेवा सुबिधालाई प्रभावकारी बनाउनु पर्ने बताए । बिरामीहरुसंग स्वास्थ्यकर्मीले राम्रो ब्यवहार गरी सरसफाइमा बिशेष ध्यान दिनु पर्ने बताए । उनले सांसद र प्रदेश सांसद सहीत राजनितिक दलका नेताहरुको सहभागीतामा अस्पतालको कार्ययोजना बारे अवगत गराउनु पर्ने बताए ।

यस्तै साझा प्रयास अभियानका संयोजक रविन्द्रनाथ ठाकुरले कोरोना कालमा अभियानमा ७० लाख भन्दा बढीको नगदी र जिन्सी समान संकलन गरी ६७ लाख बराबरको सरसामान बाडेको बताए । यो सार्वजनिक सुनुवाई १ बर्ष अघि नै राखेको भए उत्तम हुने बताउँदै अस्पतालले खर्च लगातयका बिवरण सार्वजनिक गरकोमा खुशी ब्यक्त गरे ।

कार्यक्रममा पत्रकार महासंघका जिल्ला शाखा अध्यक्ष किरणमान बज्राचार्यले अस्पतालको विकासमा सघ, प्रदेश र स्थानीय पालिकाले समेत साथ दिनु पर्ने बताए । उनले अस्पतालको सेवालाई थप चूस्त र प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका थिए ।

सार्वजनिक कार्यक्रममा पत्रकार महासंघका सदस्य मनिष कार्कीले नागरिक अभिमत र बर्हिगमन प्रतिबेदन प्रस्तुत गरेको थिए । कार्यक्रममा अस्पतालमा खानेपानी र सरसफाईको बिशेष प्रबन्ध गर्नु पर्ने, बिरामीसंग राम्रो ब्यवहार गर्नु पर्ने, स्वास्थ्य बिमालाई प्रभावकारी बनाउनु पर्ने? ईमरजेन्सी सेवामा डाक्टरहरु उपलब्ध हुनु पर्ने लागतयका सुझावहरु दिएका थिए ।

अस्पताल विकास समितिका अध्यक्ष शिवलाल यादवको अध्यक्षता, संचारकर्मीै सेरिफ केसीको संचालनमा भएको कार्यक्रममा कपिलवस्तु नगरपालिका वडा नम्बर ४ का अध्यक्ष रबिन्द्र तिवारी, बरीराम चौरसिया, लगायतले अस्पतालको सेवा सुबिधा प्रभावकारी र पारदर्शी बनाउनु पर्ने माग गरेका थिए ।

उक्त कर्यक्रममा अस्पतालका डाक्टर तथा सुचना अधिकृरी गणेश क्षेत्रीले न्युनतम सेवा मापदन्डमा कपिलवस्तु ८७ अंक सहीत लुम्बिनी प्रदेश मै पहिलो र नेपालको चौथो रहेको बताए । उनले गत आर्थिक बर्ष अस्पतालमा ५३ हजार ९ जना बिरामीले ओपीडी सेवा र ३३ हजार ६ सय ३७ जनाले आकस्मिक सेवा लिएको बताए ।

यस्तै सुरक्षित मातृत्व २ हजार २ सय ४१ जनाले तथा १ हजार २८ बिपन्नले २१ लाख ५८ हजारको निशुल्क सेवा लिएको बताए । यस्तै कोरोनाकालमा अस्पतालमा ७६ लाख रुपैया उठेको बिवरण प्रस्ुतत गरेका थिए ।