बुटवल, । डेभलपमेन्ट बैंकर्स एशोसियसन नेपालको ११ औ साधारण सभाले एघार सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । शुक्रबार सम्पन्न साधारणसभाले मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी भरत ढकाललाई नयाँ अध्यक्ष छनौट गरेको छ । त्यसैगरी साधारणसभाले गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाललाई प्रथम उपाध्यक्ष र शाइनरेसुङ्गा डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेललाई द्वितीय उपाध्यक्षमा निर्वाचित गरेको छ ।
महासचिवमा भिबोरसोसाइटि डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत झलकप्रसाद खनाल निर्वाचित भएका छन् भने सचिवमा फेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम थापा चयन भएका छन् । कोषध्यक्षको जिम्मेवारी तिनाउ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रदीपकुमार श्रेष्ठले पाएका छन् ।
त्यसैगरी, सदस्यहरुमा सिन्धु विकास बैंकका सिइओ सञ्जिब प्रधान, वेस्टर्न डेभलपमेन्ट बैंक सिइओ खिमबहादुर जिसी, कञ्चन डेभलपमन्ट बैंकका सिइओ बिरुराम जैशी, कन्काई डेभलपमेन्ट बैंकका सिइओ प्रकाश बज्राचार्य र साहारा डेभलपमेन्टका निमित्त सिइओ अजितकुमार झा निर्विरोध निर्वाचित भएका छन् । यसअघि डेभलपमेन्ट बैंकर्स एशोसियसनको अध्यक्षमा कैलाश विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने रहेका थिए । अध्यक्ष, महासचिव र कोषध्यक्ष पदमा निर्वाचन भएको थियो भने अन्य पदमा निर्विरोध चयन भएको हो ।
डेभलपमेन्ट बैंकर्स एशोसियसनमा नयाँ नेतृत्व
