मायादेवीमा सुआरा दोस्रो कार्यक्रमको सिकाइ आदानप्रदान सम्बन्धि कार्यशाला गोष्ठी

मेचीकाली संवाददाता

२३ भाद्र २०७९, बिहीबार
385 shares


तुलसीराम पौडेल —
मायादेवी ,भाद्र २३
रुपन्देही स्थित मायादेवी गाउँपालिकाको आयोजना तथा सुआहारा कार्यक्रमको सहयोगमा स्थानीय तहमा एकीकृत स्वास्थ्य तथा पोषण कार्यक्रम अन्तरगत सुआहारा दोस्रो कार्यक्रमको सिकाई आदानप्रदान सम्बन्धि कार्यशाला गोष्ठी बिहीबार सम्पन्न भयो । किशोरी महिला तथा बालबालिकाको पोषण स्थितिमा ल्याउने उद्देश्यले यु.एस .आइ.डिको आर्थिक सहयोगमा हेलन आकेलर इन्टरनेसनलको अगुवाइमा नेपालको ४२ वटा जिल्लामा सुआहारा दोस्रो कार्यक्रम संचालनमा रहेकोे छ।प्रत्येक जिल्लामा स्थानीय साझेदार सस्था मार्फत सम्पूर्ण पालिका र सबै वडाहरुमा एकीकृत पोषणको कार्यक्रम बहु- क्षेत्रीय पोषण योजनाको लक्ष्य उद्देश अनुरुप संचालनमा रहेको छ।
मायादेवी गाउँपालिका प्रबक्ता एवं वार्ड नम्बर ७ का वडा अध्यक्ष शैलेन्द्र कुमार पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुआहारा कार्यक्रम लुम्बिनी प्रदेश संयोजक अर्जुन श्रेष्ठले मायादेवीको पोषणको अवस्था ,खानेपानी ,कृषि ,स्वास्थ्य ,लैङ्िगक समानता ,आदि बारेमा प्रकाश पार्नुभएको थियो ।गाउँपालिका स्वास्थ्य शाखाका सि अहेव अधिकृत भाष्कर आत्रेयले स्वागत मन्तव्य एवं कार्यक्रम सम्बन्धि प्रस्ताव र निर्णय बारे जानकारी गराउनु भएको थियो ।सेतो गुराँस कार्यसमिति सदस्य कमल न्यौपानेले गाउँपालिकाले स्वास्थ्य सम्बन्धि गरेका निर्णयहरुलाई कार्यन्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
गाउँपालिका प्रबक्ता एवं वार्ड नम्बर -७ का वडा अध्यक्ष शैलेन्द्र कुमार पाण्डेले गाउँपालिकाले स्वास्थ्य सम्बन्धि गरेका निर्णयहरुलाई कार्यान्वयन गर्न पहल गरिने बताउनुभयो ।सुआहारा फिल्ड कोर्डिनेटर मिनु पुन श्रेष्ठले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको थियोे ।रिमा चौधरीबाट सुनौलो हजार दिनको कार्यक्रमबारे प्रकाश पार्नुभएको थियोे । कार्यक्रममा वार्ड नम्बर ४ का वडा अध्यक्ष अरुण कुमार तिवारी ,सिअहेव वसन्त चौधरी ,खानेपानी शाखा प्रमुख हरि घिमिरे लगायतले आ आफ्नो विचार प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको संचालन स्वास्थ्य शाखाका सि अहेव अधिकृत प्रभुनाथ चौधरीले गर्नुभएको थियो ।