हरि शर्मा
नवलपरासी, । नवलपरासीको प्रदेश नम्बर ४ मा पर्ने नवलपुर क्षेत्रको चार नगरपालिकामध्ये दुई नगरपालिकासहित सबै गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । तर, गैंडाकोट नगरपालिमा भने, एमालेका छत्रराज पौडेल मेयरमा निर्वाचित भएका छन् । कांग्रेसका महामन्त्री शंशाक कोइरालको निर्वाचन क्षेत्रमा पर्ने गैंडाकोट नगरपालिकामा विजयी भएसँगै एमालेले कांग्रेसको किल्ला भत्काएको हो ।
पौडे्लले कांग्रेसका उम्मेद्वार गजेन्द्र आलेमगरलाई २२४ मतले पराजित गरेका हुन् । अहिलेसम्म भएका स्थानीयदेखि संसदीय निर्वाचनमा कांग्रेस बाहेक कुनै पनि दलले यहाँ जीत हाँसिल गर्न सकेका थिएनन् । कावासोती नगरपालिकाको मतपरिणाम आउन बाँकी छ । कावासोतीमा शुक्रबारसम्म नजिता आउने जनाइएको छ । कावासोतीमा पनि नेपाली कांग्रेसले अग्रता लिएको छ । मेयरमा विजयी पौडेलले ११ हजार ३०२ मत ल्याए भने आलेमगरले ११ हजार ७८ मत प्राप्त गरे ।
उपमेयरमा भने कांग्रेसकै उम्मेद्वार बिष्णु कंडेलले ११ हजार ५५५ मत ल्याएर विजयी भइन् भने एमाले उम्मेद्वार राधा पाण्डेले १० हजार ४५८ मत ल्याइन् । देवचुली, कावासोती र मध्यविन्दु नगरपालिका रहेको नवलपुरमा देवचुली नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका पूर्णकुमार श्रेष्ठ विजयी भएका छन् । उपमेयरमा एमालेकी पार्वती तिवारी विजयी भएकी छिन् । मेयरका विजयी उम्मेद्वार श्रेष्ठले एमालेका हरि न्यौपानेलाई ६९ मत अन्तरले पराजित गरेका हुन् । श्रेष्ठको ८ हजार ५ सय ७९ मत छ भने न्यौपानेको ८ हजार ५ सय १० मत छ ।
त्यसैगरी उपमेयरमा एमालेकी पार्वती तिवारीले कांग्रेसकी लक्ष्मी बस्ताकोटीलाई ३ सय ५९ मत अन्तरले पराजित गरेकी छिन् । तिवारीको ८ हजार ७ सय ५१ मत छ भने बस्ताकोटीको ८ हजार ३ सय ९२ मत छ । १७ वडा रहेको देवचुलीमा १० वडामा नेपाली कांगे्रस र ६ वडामा एमालेका अध्यक्ष विजयी भएका छन् । एउटा वडामा नेकपा माओवादी केन्द्रका उम्मेद्वार विजयी भएका छन् ।
नेपाली कांग्रेसबाट विजयी हुने नगरपालिकाको वडाअध्यक्षमा २ बाट माधव केसी, ३ बाट गोपालराज लम्साल, ५ बाट शिव सापकोटा, ७ बाट भूपराज पाठक, ८ बाट चन्द्रबहादुर सिंजाली, १० बाट केशर आले, ११ बाट रमेश ठाडा, १३ बाट दिलबहादुर खत्री, १५ बाट हरिदत्त भट्टराई र १७ बाट विष्णु आचार्य विजयी भएका छन् । त्यसैगरी एमालेबाट अध्यक्षमा विजयी हुनेमा वडा नम्बर १ बाट भण्डारी, ४ बाट विरबहादुर थापा, ६ बाट मिनबहादुर सोती मगर, ९ बाट मेखबहादुर सारु, १२ बाट दिनानाथ भुषाल र १४ बाट हेमराज दवाडी रहेका छन् । वडानम्बर १६ बाट माओवादी केन्द्रका केशरबहादुर क्षेत्री अध्यक्षमा विजयी भएका छन् । अन्य तीन नगरपालिकामा बुधवार रातीसम्म मतगणना जारी छ ।
त्यसैगरी चार गाउँपालिका रहेको नवलपुरमा एक गाउँपालिकाको उपाध्यक्षबाहेक सबैमा कांग्रेसले अध्यक्ष र उपाध्यक्ष जितेको छ । हुप्सेकोट गाउँपालिकामा भने अध्यक्ष र उपाध्यक्ष दुवै महिला विजयी भएका छन् । चार गाउँपालिकामा हुप्सेकोट, बुङ्दीकाली, बुलिङ्टार र विनयी–त्रिवेणी छन् । त्यहाँ २५ वडाहरु छन् । जसबाट १९ वडामा कांग्रेस र ६ वडामा एमालेले अध्यक्ष जितेको छ । माओवादी केन्द्रको झिनो मत छ ।
अध्यक्ष र उपाध्यक्ष दुबै महिला जित्ने हुप्सेकोटमा कांग्रेसकी लक्ष्मी पाण्डे अध्यक्षमा विजयी हुनु भएको छ । उपाध्यक्षमा एमालेकी स्वतन्त्र कोपिला मल्ल विजयी हुनु भएको छ । अध्यक्षमा विजयी पाण्डेले एमालेका मेघबहादुर पुलामीलाई २ सय ५३ मत अन्तरले पराजित गरेका हुन् । पाण्डेको ४ हजार ४ सय ६८ मत छ भने पुलामीको ४ हजार ४ सय १३ मत छ । त्यसैगरी उपाध्यक्षमा विजयी मल्लले कांग्रेसका ओमबहादुर घर्तीलाई ५५ मतले पराजित गरेका हुन् । मल्लको ४ हजार ४ सय ६८ मत छ । प्रतिद्वन्द्वी ओमबहादुर घर्तीको ४ हजार ४ सय १३ मत छ ।
६ वटा वडाहरु रहेको हुप्सेकोटमा ३ र ४ नम्बरबाहेक सबैमा कांग्रेसले वडाअध्यक्ष जितेको छ । नेपाली कांग्रेसबाट वडाअध्यक्ष जित्नेमा १ बाट चित्रबहादुर कानू,२ बाट पदमबहादुर क्षेत्री पौडेल, ५ बाट पदमबहादुर राना र वडा नम्बर ६ बाट छमबहादुर सोमै मगर छन् । त्यसैगरी एमालेबाट वडा नम्बर ३ मा छविलाल मिथुन र ४ मा रोशन थापा विजयी भएका छन् ।
त्यसैगरी बुलिङटार गाउँपालिकाकाको अध्यक्ष र उपाध्यक्षसहित सबै वडा कांग्रेसले जितेको छ । गाउँपालिकाको अध्यक्षमा कांगेसका शशिकिरण बस्ताकोटीले एमालेका विद्रोही गिरीलाई २ हजार १ सय ५८ मतले हराएका हुन् । विजयी बस्ताकोटीले ४ हजार ७ सय ८ मत पाएका छन् । प्रतिद्वन्द्वी गिरीले २ हजार ५ सय ५० मत ल्याएका छन् । उपाध्यक्षमा विजयी मैना कामीको ४ हजार ६ सय ५० छ भने प्रतिद्वन्द्वि एमालेकी पार्वती थापाको २ हजार ६ सय १४ छ । ६ वटा वडाहरु रहेको बुलिङ्टार गाउँपालिकाको वडाअध्यक्षमा १ बाट दिलबहादुर सूर्यवंशी, २ बाट प्रेम थापा, ३ बाट यमबहादुर झेडी, ४ बाट चेतबहादुर गोतामे, ५ बाट पूर्णसिंह खण्डलुक र ६ बाट सूर्यबहादुर राना मगर छन् ।
बुङ्दीकालीमा नेपाली कांग्रेसले अध्यक्ष र उपाध्यक्षसहित तीन वटा वडाअध्यक्ष जितेको छ । ६ वटा वडाहरु रहेको गाउँपालिकामा विजयी अध्यक्षका उम्मेद्वार दुर्गाबहादुर रानाले ३ हजार १ सय ९१ मत ल्याएका छन् । उनले प्रतिÞद्वन्द्वी एमालेका श्यामसुन्दर श्रेष्ठलाई १ सय ५२ मत अन्तरले पराजित गरेका हुन् । श्रेष्ठको ३ हजार ३९ मत छ । उपाध्यक्षमा कांग्रेस कै माया श्रेष्ठ विजयी भएका छन् । उनले एमालेकी दिलमाया सारुलार्ई १ सय ६३ मतले पराजित गरेका हुन् । विजयी श्रेष्ठको ३ हजार १ सय ७३ मत छ भने प्रतिद्वन्द्वी सारुको ३ हजार १० मत छ ।
उक्त गाउँपालिकाबाट कांगेसबाट वडाअध्यक्ष जित्नेमा १ बाट तोलनाथ कँडेल, ३ बाट यमबहादुर ठाडा र ४ बाट मनबहादुर सारु छन् । एमालेबाट वडाअध्यक्ष जित्नेमा २ बाट बालप्रसाद ठाडा, ५ बाट दलबहादुर पाठक र ६ बाट नेमबहादुर थापा छन् । विनयी–त्रिवेणी गाउँपालिकामा पनि नेपाली कांग्रेस एउटा वडाबाहेक अध्यक्ष र उपाध्यक्षसहित सबैमा विजयी भएका छन् । अध्यक्षमा डम्बरबहादुर जिसी र उपाध्यक्षमा मिनाकुमारी राना विजयी भएकी हुन् ।
जिसीले एमालेका लक्ष्मण बहादुर पाण्डेलाई १ हजार ५ सय ७९ मत अन्तरले पराजित गरेका हुन् । जिसीको ६ हजार ९ सय ९ मत छ भने पाण्डेको ५ हजार ३ सय ३० मत आएको छ । उपाध्यक्षमा विजयी रानाले एमालेकी तारा कुमारी वि.क.लाई १ हजार ४ सय ९४ मत अन्तरले पराजित गरेकी हुन् । रानाको ६ हजार ८ सय ९६ मत छ भने वि.क.को ५ हजार ४ सय २ मत छ ।
७ वटा वडाहरु रहेको उक्त गाउँपालिकामा एमालेबाट ३ नम्बर वडामा टुकबहादुर बैदवार क्षेत्रीले मात्र अध्यक्षमा जितेका छन् । अन्य वडाअध्यक्ष जित्ने नेपाली कांग्रेसका उम्मेद्वारमा वडा नम्बर १ बाट अजितकुमार थापा, २ बाट विष्णुबहादुर ढकाल,४ बाट गोपालप्रसाद अधिकारी, ५ बाट रनबहादुर झेडी, ६ बाट प्रितमबहादुर गुरुङ्ग र ७ बाट गोपालबहादुर क्षेत्री छन् । वडाअध्यक्ष जितेका अधिकांश गाउँपालिकामा सदस्य पद पनि कांगेसले जितेको छ । केही सदस्यमा एमालेका उम्मेद्वार छन् । ९२ वडा रहेको आठ स्थानीय तहमा बुधबार रातिसम्म ७७ वडाअध्यक्ष विजयी भएका छन् । जसमा नेपाली कांग्रेसले ४९ र एमालेले २६ वडाअध्यक्ष जितेका छन् । माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले एक÷एक वडाअध्यक्ष जितेका छन् । बिहीबार दिउँसोसम्म सबै नगरपालिकाको नतिजा आउने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।