दाङ । नेकपा एमाले का नेता माधवकुमार नेपालले एमालेलाई सिध्याउन सत्तारुढ दलले खेलेको ‘सत्ता दुरुपयोग’ को खेल पूर्णरुपमा असफल भएको बताएका छन्।
नेता नेपालले सत्ताको दुरुपयोग गरेर स्थानीय तहमा एमालेलाई असफल गराउने सत्तारुढ दलको प्रयास एमालेको सच्चा राष्ट्रबादका अगाडि टिक्न नसकेको दाबी गरे।
दाङमा आज आयोजित पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले पहिलो चरणको निर्वाचनले सत्तारुढ दलको योजना भताभुङ्ग पारिदिएको बताए। ुपहिलो तहको निर्वाचनमा एमालेलाई कमजोर बनाएर दोस्रो चरणको निर्वाचनमा त्यसको प्रभाव पारेर एमालेलाई सिध्याउन शक्तिको दुरुपयोग गरियोु नेपालले भने, ुपहिलो चरणको निर्वाचनमै एमाले यति शक्तिशाली भएर आइदियो कि सत्ताधारीलाई मुख देखाउनै लाजमर्दो हुने अवस्था आयो।ु
नेता नेपालले सत्ताधारी दलले जनतामा अनावश्यक भ्रमसमेत छरेको आरोपसमेत लगाए। चितवनको भरतपुरमा एमालेको विजय सुनिश्चित भइसकेको दाबी गर्दै उनले एमालेको त्यो जीत पछि काँग्रेस र माओवादीलाई झनै ठूलो झड्का लाग्नेसमेत बताए।