नेकपा एस बुटवल उपमहानगर कमिटीको बैठक

मेचीकाली संवाददाता

३१ भाद्र २०७९, शुक्रबार
443 shares

बुटवल । नेकपा एकिकृत समाजबादी बुटवल उपमहानगर कमिटीको बैठक सम्पन्न भएको छ । बुटवल उपमहानगर कमिटी अध्यक्ष चिनबहादुर गुरुङको अध्यक्षता, स्थायी कमिटी सदस्य बलराम बास्कोटको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।

बैठकमा परिपत्र अध्ययन र कार्यान्वयन, सदस्यताको अभिलेखीकरण, नविकरण सदस्यता बिस्तार गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले उपमहानगर अन्तर्गतका शाखा कमिटी र भातृ संगठनको बैठन सम्पन्न गर्ने निर्णय गरेको छ ।

पूर्व जनप्रतिनिधी लगायत पार्टीका केही सदस्यहरु उपमहानगरपालिका कमिटी सदस्यमा मनोनित भउका छन् । पार्टीको केन्द्रिय सल्लाहकार परिषद सदस्य रामचन्द्र भट्टराई छन्द शाधना पुरस्कारबाट पुरस्कृत भएकोमा उनलाई बधाई तथा सम्मान गरिएको थियो ।

बैठकमा प्रदेश कमिटी सदस्य रुद्रलाल उपाध्याय, राजेन्द्र पाण्डे, जिल्ला अध्यक्ष अविराम रसाइली, निर्वाचन क्षेत्र समन्वय कमिटी अध्यक्ष कमल बस्याल लगायतले बोलेका थिए । बुटवल उपमहानगरपालिका कमिटी सचिव लोकराज शर्माको सञ्चालनमा बैठक सम्पन्न भएको हो ।