दौलत बचत तथा ऋण सहकारीको अध्यक्षमा किरण खरेल

मेचीकाली संवाददाता

५ आश्विन २०७९, बुधबार
222 shares

बुटवल । तिलोत्तमा नगरपालिका–२ शंकरनगरस्थित दौलत बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औँ वार्षिक साधारणसभा तथा चौथो अधिवेसन सम्पन्न भएको छ ।

सोमबार सम्पन्न भएको अधिवेशनले किरण खरेलको अध्यक्षतामा नयाँ नेतृत्व निर्वाचित गरेको हो । जसको उपाध्यक्षमा राजु खरेल, सचिवमा खिमानन्द बस्याल, कोषाध्यक्षमा ईश्वरी गिरी निर्वाचित भएका छन् । त्यस्तै कार्यसमिति सदस्यमा रामप्रसाद बस्याल, कृष्णप्रसाद सापकोटा, सीता अर्याल, राधादेवी खरेल, गंगा खरेल निर्वाचित भएका छन् ।
यसैगरी लेखा सुपरिवेक्षण संयोजकमा पुरुषोत्तम कँडेल निर्विरोध निर्वाचित भएका छन् । जसको सदस्यमा अमित भण्डारी र आकाश पन्थ रहेका छन् । सहकारीका अध्यक्ष शिवप्रसाद भट्टराईको अध्यक्षता तथा तिलोत्तमा नगरपालिका सहकारी शाखा प्रमुखकृष्ण पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

सहकारीका नवनिर्वाचित अध्यक्ष किरण खरेलले संस्थालाई थप सुद्धृढ र व्यवस्थित बनाउनको लागि सबै शेयर सदस्यहरूको हातेमालो आवश्यक रहने बताए । उनले आफ्नो कार्यकालमा संस्थालाई नमुना सहकारीको रूपमा विकास गरी थप उचाइमा पु¥याउने प्रतिवद्धता जनाए ।
तिलोत्तमा नगरपालिका सहकारी शाखा प्रमुख कृष्णप्रसाद पाण्डेले अर्थतन्त्र चलायमान बनाउन सहकारीको भूमिका समाजमा महत्वपूर्ण रहेको बताए । पाण्डेले सहकारीहरुले उत्पादनमूलक क्षेत्रमा लगानी गरी आर्थिक समृद्धिसँग जोडिनुपर्ने बताए ।
हाल सहकारीमा ८६० जना शेयर सदस्य रहेका छन् । सहकारीको शेयर पूँजी १ करोड ६४ लाख ३२ हजार ८४० रुपैयाँ रहेको छ । सहकारीले ऋण लगानी १२ करोड ६६ लाख ८० हजार ४५७ रुपैयाँ लगानी गरेको छ ।

कार्यक्रममा संस्थाका सेयर सदस्य जवानसिंह ठकुरी, सल्लाहकार बाबु खरेललगायतले बोलेका थिए । साधारणसभाले संस्थाको वार्षिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदनका साथै आगामी वर्षको नीति तथा कार्यक्रमसमेत पारित गरेको व्यवस्थापक सरस्वती ज्ञवालीले बताइन् ।
कार्यक्रममा रेशमलाल रेग्मी, थानेश्वर पौडेल, मीनाकुमारी गौतम, निशेध कार्की, संजोग पौडेल, धनबहादुर खत्री, देवकीनन्दन उपाध्यायलगायत संस्थालाई विभिन्न क्षेत्रमा सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो । सहकारीका सल्लाहकार बाबु खरेलको स्वागत तथा सचिव राजु खरेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो