बुटवल, । दोस्रो चरणको निर्वाचनको लागि नेकपा एमाले रुपन्देहीले उप–महानगरपालिका, नगरपालिका तथा गाउँपालिकाको उम्मेदवारको उम्मेदवारी तय गरेको छ ।
बुटवल उपमहानगरपालिकाको शिवराज सुवेदी मेयर, गोमा आचार्य उपमेयर, सैनामैना नगरपालिकामा मेयरमा चित्रबहादुर कार्की, बिना राना उपमेयर, तिलोत्तमा नगरपालिका बासुदेव घिमिरे मेयर, जागेश्वरी चौधरी उपमेयर, देवदह नगरपालिका टीकाराम चापागाई मेयर, विद्यालक्ष्मी गुरुङ्गको टंगो लागेको एमाले रुपन्देहीका कार्यवाहक अध्यक्ष पुरुषोत्तम घिमिरेले जानकारी दिए ।
नगर तथा गाउँपालिकाका प्रमुख र उपप्रमुख टुंग्याइए पनि सबै वडा तहको टुंगो भने लागेको छैन । कावा अध्यक्ष घिमिरेले केही ठाउँको बाहेक सबैतिरको टुंगो लागेको बताए । एमाले प्रदेश कमिटीको हालै बसेको बैठकले नगर र गाउँपालिका प्रमुख उपप्रमुखको टुंगो लगाएको हो । यद्यपि प्रदेशको यो निर्णयप्रति भने कतिपय नगरमा कार्यकर्ताहरुले गुनासो गरेका छन् । उनीहरुले गुनासोलाई सम्बोधन गर्न नेतृत्वको ध्यानाकर्षण पनि गराएका छन् ।
एमालेले सिद्धार्थनगरपालिकामा हरि अधीकारीलाई मेयर र उमा काफ्लेलाई उपमेयरको उम्मेदवार बनाउने टुंगो लगाएको छ । यस्तै लुम्बिनी सांस्कृतिक नगरपालिकामा इन्साफ अलि मुसलमान मेयर र गोमा गुरुङ्ग उपमेयरको उमेदवार बन्ने भएका छन् ।
यस्तै एमालेले गाउँपालिका प्रमुख तथा उपप्रमुखको पनि टुङ्गो लगाएको कावा अध्यक्ष घिमिरेले जानकारी दिए । कञ्चन गाउँपालिकामा गोकर्ण क्षेत्री प्रमुख र गोमा तरामुलाई उपप्रमुख, ओमसतिया गाउँपालिकामा इन्द्रजीत यादव प्रमुख र राजकुमारी चौधरीलाई उपप्रमुखको उम्मेदवारको टुंगो लागेको छ ।
यस्तै सियारी गाउँपालिकाबाट अयोध्या थारु प्रमुख तथा अमृता गुरुङ्गलाई उपप्रमुख, सुद्धोधन गाउपालिकाबाट किसुनचन्द्र चौधरी प्रमुख र शान्ता ज्ञवाली उपप्रमुख, गैडहवा गाउँपालिका बाट सुरेन्द्र कुमार पौडेल प्रमुख र कलावती जैसवाल उपप्रमुखमा उम्मेदवार बन्ने भएका छन ।
यसैगरी रोहिणि गाउँपालिका नरसिह चौधरी प्रमुख र अनिता हरीजन उपप्रमुख, मायादेवि गाउँपालिकामा रामचन्द्र यादव प्रमुख र द्रौपदी चौधरी उपप्रमुख, मर्चवारीमाई गाउँपालिकाबाट कमलेक्स यादव प्रमुख र वीरेन्द्र गौड उपप्रमुखको उम्मेदवार बन्ने भएका छन् । समरीमाईबाट सुभान मुसलमान प्रमुख र रेश्मी धोवी उपप्रमुख र कोटहिमाई गाउँपालिकाबाट विन्ध्याचल यादव प्रमुख तथा गंगादेवी उपप्रमुखको उम्मेदवार बन्ने भएका छन ।
उम्मेदवारी तय भएसँगै एमाले, रूपन्देही निर्वाचनमा होमिएको छ । वडादेखि सबै तहका उम्मेदवारहरू घरदैलोदेखि विभिन्न प्रचारात्मक कार्यक्रममा जुटेका छन् ।