रुपन्देही घरेलुले उद्योगी र व्यावसायीलाई दियो व्यावसायिक योजना तर्जुमा सम्बन्धी प्रशिक्षण

मेचीकाली संवाददाता

७ आश्विन २०७९, शुक्रबार
435 shares


तुलसीराम पौडेल —
रुपन्देही ,असोज ७

घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीले उद्योगी र व्यावसायीलाई लक्षित गरी व्यावसायिक योजना तथा ऋण प्राप्ति प्रक्रिया सम्बन्धी प्रशिक्षण कार्यक्रम संचालन गरेको छ । व्यावसायिक योजना बिना सफल उद्यमी र व्यावसायी बन्न सकिँदैन भनी यो कार्यक्रम आयोजना गरेको घरेलु कार्यालयका उद्यम बिकास सहजकर्ता अनन्त पन्थीले बताए! उनले भने “दर्ता भएका कतिपय उद्योगहरु संचालन नै नभई बन्द हुने, संचालित उद्योग ब्यबसायले अपेक्षाकृत सफलता हाँसिल गर्न नसक्नुमा ठोस ब्यबसायिक योजना बिना नै दर्ता गरी संचालन गरिनु हो। यो अभिमुखिकरणले एउटा व्यावसायीलाई सफल व्यावसायीको रुपमा स्थापित गर्न सहयोग पुर्याउनु हो ।” करिब एक सय जना उद्यमी ब्यबसायीको सहभागितामा संचालित उक्त कार्यक्रम सिद्धार्थनगर वडा नम्बर ७ मा सांचालन गरिएको थियो। उद्योग ब्यबसाय दर्ता तथा नविकरण प्रकृयाका सम्बन्धमा कार्यक्रममा अध्यक्ष तथा घरेलु कार्यालयका कार्यालय प्रमुख रामप्रसाद ज्ञवालीले प्रस्तुतीकरण दिएका थिए भने व्यावसायिक योजना निर्माण तथा ऋण प्राप्ती प्रक्रियाका सम्बन्धामा घरेलु कार्यालयकै उद्यम बिकास सहजकर्ता तथा वरिष्ठ प्रशिक्षक अनन्त पन्थीले प्रस्तुतीकरण गरेका थिए। घरेलु तथा साना उद्योग कार्यालयका लेखा अधिकृत बाबुराम ज्ञवालीले स्वागत मन्तब्य राखेको उक्त कार्यक्रमको प्रमुख आतिथ्यता तालिम तथा रोजगार ब्यबसायी महासंघ लुम्बिनी प्रदेशका सदस्य सौरभ कुँवरले गरेका थिए!

घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीले बिगतमा जस्तो बर्षान्तरमा हतार हतार कार्यक्रम गर्ने प्रचलनलाई सुधार गर्दै समयमै आफ्ना कार्यक्रमहरु संचालन गर्नेगरी आफ्ना कार्यक्रम अगाडि बढाएको छ । बिगतमा हुँदै आएको उद्योग मात्र दर्ताको काममा बाणिज्य कार्यालयबाट व्यावसायिक फर्म दर्ताको काम समेत गर्न सुरु गरेको घरेलु कार्यालयमा कार्यालय प्रमुखको रुपमा युवा उपसचिव रामप्रसाद ज्ञवाली बहाल भएपछि कार्यालयका कामकारवाहीमा धेरै सुधार आएको उद्योगी व्यवसायीले बताउने गरेका छन् ! बुटवल औद्योगिक क्षेत्रमा उद्योग संचालन गर्दै आएका एक उद्योगीले भने ” पहिले एउटै काम गर्न पनि तीन चार दिन धाउनु पर्थ्यो, निकै झन्झट र सास्ती खेप्नु पर्थ्यो तर कार्यालय प्रमुख ज्ञवाली आएपछि एकैछिनमा काम हुने गरेको छ । पहिले कार्यालयमै भुक्तान गर्नुपर्ने राजस्व हाल बैंकिङ प्रणालीबाट भुक्तान हुन थालेपछि अझ सजिलो र पारदर्शी प्रणाली बिकास भएको छ! सबै प्रमुख यस्तै जनसेवी भए कर्मचारीतन्त्रको शाख पनि बढ्ने र सेवा प्रवाह संगै बिकासले गति लिने थियो ।”

कार्यालयमा कार्यरत अनन्त पन्थी र हेवन्त चौधरी भन्छन् “ज्ञवाली सरले सेवा प्रवाहमा ढिलासुस्ती मन पराउनु हुँदैन । जनताको गुनासो नआउने गरी काम गर्नको लागि हरेक स्टाफ बैठकमा निर्देशन दिनुहुन्छ! कर्मचारीलाई माया गर्ने र भेदभाव नगर्ने स्वाभावका कारण पनि उहाँ सबैमाझ पृय हुनुहुन्छ! उहाँसंग काम गर्दा हामीलाई कहिले थकान महसुस हुँदैन!”

हुन पनि हालका दिनमा घरेलु कार्यालय रुपन्देहीको रुपरंगमा धेरै परिवर्तन भएको छ । जिर्ण भवनको मर्मत सम्भार गरिएको छ! हिलाम्मे कार्यालय परिसरलाई ढलान गरी सेवाग्राहीको पार्किङ स्थल सहित बगैंचाको ब्यबस्थापन समेत गरिएको छ! यस अघि ब्यबस्था नगरिएको क्यान्टिन हालका दिनमा ब्यबस्थापन हुँदा सेवाग्राहीलाई चियाखाजा, फाइल, टिकटका लागि टाढा जानुपर्ने झन्झटबाट मुक्त तुल्याइएको छ! आवश्यक कर्मचारीको लागि आवासका लागि जिर्ण भवनको मर्मत गरिएको छ । बाणिज्य फर्म एकै दिनमा र उद्योगको दर्ता दुई दिनमा गर्नैपर्ने नीति कार्यान्वयन गरिएको छ ।

कार्यालयको भावी रणनीतिको बारेमा बुझ्दा दशै पछि लगत्तै बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय (संघ अन्तर्गतको कार्यालय) बाट हुँदै आएको बाणिज्य फर्महरुको नवीकरणको काम पनि घरेलु कार्यालयबाटै सुचारु गरिने जसबाट हालको भन्दा करिब दुई गुना राजश्व प्रदेश सरकारमा थप हुने जानकारी कार्यालय प्रमुख रामप्रसाद ज्ञवालीले बताए । दशै तिहार नजिकिए संगै कार्यालयबाट दैनिक अनुगमन हुँदै आएकोपनी ज्ञवालीले बताए । औद्योगिक बिकासका लागि महत्वपूर्ण मानिने घरेलु कार्यालयको कार्यालय भवन अति जिर्ण र सवारी साधन निकै पुरानो भएकाले यसको सुधारमा सोंच्न प्रदेश सरकारलाई ज्ञवालीले आग्रह पनि गरेका छन् ।