ऐतिहासिक खाँचीकोट दरबारदलाई पर्यटकीय रुपमा विकास गर्नुपर्छः उपसभाभुख भुसाल

मेचीकाली संवाददाता

११ आश्विन २०७९, मंगलवार
358 shares

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं. ७ मा रहेको ऐतिहासिक खाँचीकोट दरबारमा निर्माणिन खाँचीकोट कालिका मन्दिरको एक कार्यक्रमका बीचमा प्रतिनिधिसभा उपसभामुख पुष्षा भुसालल उद्घाटन गरेकी छन् । बाइसे चौबिसे राज्य हुँदा अर्घाखाँचीमा अर्घा र खाँची दुई वटा राज्य थिए ।

खाँचीका तेह्रौँ पुस्ताका राजा दल शाहकी छोरी चन्द्रप्रभाको विवाह गोरखाका नरभुपाल शाहसँग भएको थियो । उनी पृथ्वीनारायण शाहकी सौतेनी आमा हुन् । आफ्नो सन्तान नभएपनि चन्द्रप्रभाले पृथ्वीनारायणको लालनपालनमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् । शक्तिशाली गोर्खा राज्यसंग सम्बन्ध रहेको खाँचीको ऐतिहासिक महत्व रहेको छ । खाँची दरबार रहेको स्थानबाट सन्धिखर्क बजार सहित अर्घाखाँची, गुल्मी, पाल्पा जिल्लाका विभिन्न ठाउँ र सुन्दर हिमशृङ्खलाहरूको दृश्यावलोकन गर्न सकिन्छ । सुपा देउराली र नरपानीमा आउने पर्यटकलाई खाँचीकोट दरबारमा आकर्षित गर्न सकिने कार्यक्रममा बोल्ले बक्ताले जोड दिएका छन् ।

सुपा देउराली र नरपानीमा आउँदा नजिकै रहेको ऐतिहासिक महत्त्वको खाँचीकोट दरबारसम्म पुगी उक्त स्थान नयाँ पुस्तालाई इतिहास बुझ्न, प्राकृतिक वातावरणमा रमाउन, फोटो खिच्न र टिकटक बनाउन उपयुक्त रहेको छ । यस मन्दिरमा विशेष गरी दशैंको नवदुर्गाको पुजाआराधाना गरी दशैंको तेस्रो दिन अर्थात् त्रियादशीको दिन पौराणिक सराय मेला नाँच हुँदै आइरहेको छ । यहाँको महिमा र शक्ति पीठबारे जानकारी नभएका कारण भक्तजन आउन नसकेको बताइएको छ । यस्तै कार्यक्रममा मन्तब्य राख्दै उपसभामुख भुसालले अर्घा र खाँचीको सम्बन्ध जोडिएको महत्वपूर्ण ऐतिहासिक खाँचीकोट दरबारको इतिहासलाई ऐतिहासिक रुपमा विकास गनुपर्ने बताइन् ।

कार्यक्रममा लुुम्विनी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुन मन्त्री चेतनारायण आचार्यले ऐतिहासिक खाँचीकोट दरबारको विकासको लागि सबै लाग्नुपर्ने बताए । कार्यक्रममा नेपाली कांग्रेस लुम्विनी प्रदेश सचेतक निर्मला क्षेत्रीले ऐतिहासिक खाँचीकोट दरकारको विकासको लागि आफुले हरेक क्षेत्रबाट पहल गर्ने बताइन् ।

परापूर्व कालदेखि रहेका इनार, पौवा, ब्राहमण बस्ने भवन र ट्रस्टलाई डिपिआरअनुसार सम्पन्न गरेर नयाँ ढाचाअनुसार आधुनिक इट्टा प्रयोग गरेर मन्दिर बनेको र मन्दिर ढुलालको प्रयोग गरेर प्रविधि मैत्री बनाइएको छ । मन्दिर स्थानीय श्रमदार विभिन्न क्षेत्रको सहयोग विभिन्न व्यक्ति सरोकारवाला निकाय र प्रदेश सरकार र स्गथानीय सरकार केन्द्र सरकारलगायतका सरोकारवाला निकायबाट १ करोड ३० लाखमा नयाँ मन्दिर निर्माण भएको छ ।