काठमाडौंः भ्रष्टाचारको आरोप लागेको आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुँडामणी शर्मासँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३ अर्ब रुपैयाँ धरौटी माग गरेको छ ।
कर फर्छ्यौंट आयोगमार्फत् जथाभावी राजश्व मिनाहा दिएको आरोपमा पक्राउ परेका शर्मासँग अख्तियारले अहिलेसम्मकै ठूलो रकम धरौटी माग गरेको हो ।
अनुसन्धानमा खुलेको रकमका आधारमा धरौटी तोकिएको अख्तियारका अधिकारीहरुले जनाएका छन् ।
ठूलो रकम हिनामिना गरेको भेटिएकाले देश छाडेर भाग्न नमिल्ने गरी धरौटी रकम मागिएको बताइएको छ ।
धरौटी रकम तिरेर हिरासत मुक्त भएमा शर्माले मुद्दा लड्न पाउनेछन् ।
गत जेठ १९ गते पक्राउ परेका शर्मालाई हिरासतमुक्त हुन अख्तियारले बिहीबार तीन अर्ब रुपैयाँ धरौटी माग गरेको हो ।